पाँडे र जिग्री बिना ‘विजोग रमाइलो’ टेलिसिरियलको तयारी

लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनिका कलाकारहरूको समूहले नयाँ प्रोजेक्टको रूपमा ‘विजोग रमाइलो’ नामक सिरियल ल्याउने घोषणा गरेका छन्। यस नयाँ सिरियलमार्फत पुरानै टिमका धेरै कलाकार फेरि एकै ठाउँमा देखिने भएका छन्। शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा सागर लम्साल लगायत अधिकांश परिचित अनुहार देखिए पनि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) भने छैनन् ।  ‘विजोग रमाइलो’ शीर्षक पनि बबिन राईले निभाएको ‘गल्फने बाजे’ पात्रको चर्चित संवादबाट प्रेरित भएको देखिन्छ। नयाँ सिरियलको...