बलिउड अभिनेता सलमान खानको प्रतिक्षित चलचित्र 'मातृभूमि' को प्रदर्शन मिति सरेको छ । आगामी अप्रिलको सुरुवातमै प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्म अब प्राविधिक र केही दुःखद कारणले गर्दा पछि धकेलिएको हो । इन्डिया टुडेका अनुसार फिल्मको प्रदर्शन मिति सर्नुको मुख्य कारण यस चलचित्रका मुख्य भिलेन तथा 'इन्डियन आइडल ३' का विजेता गायक एवं अभिनेता प्रशान्त तामाङको आकस्मिक निधन हो । नेपाली मूलका चर्चित कलाकार प्रशान्तको गत जनवरी ११ मा ४३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । उनको निधनले फिल्म निर्म...