नेविसंघ अब कांग्रेसको भ्रातृ संगठन नरहने

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अब पार्टीको भ्रातृ संगठनका रूपमा नरहने निर्णय गरेको छ। शुक्रबार बसेको सिनेट बैठकले संगठनलाई कार्यगत रूपमा स्वतन्त्र बनाउने निर्णय गरेको हो। प्रवक्ता सुरज सेजुवालका अनुसार पार्टीको निर्देशनमा निर्भर रहँदा विद्यार्थी आन्दोलन प्रभावकारी बनाउन कठिन भएको निष्कर्षपछि यो कदम चालिएको हो। यद्यपि नेविसंघले नेपाली कांग्रेसको विचारधारा र सिद्धान्त भने नछाड्ने स्पष्ट पारेको छ। अध्यक्ष दुजाङ शेर्पाले संगठनलाई गतिशील बनाउन स्वायत्तता आवश्यक भएको बताउँदै अब स्वतन्त्र रूपमा विद्यार्थी र ...