द्वन्द्वकालमा जलेका कागजातपछि चैनपुरमा १२ हजार हेक्टर जग्गाको नापजाँच सम्पन्न

 सङ्खुवासभाको चैनपुरस्थित विशेष नापी कार्यालयले द्वन्द्वकालमा नष्ट भएका कागजात पुनःस्थापनाका लागि १२ हजार हेक्टरभन्दा बढी जग्गाको नापजाँच सम्पन्न गरेको छ। विसं २०५९ वैशाख १४ गते चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा चार स्थानीय तहका सक्कल नक्सा, फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ता पूर्ण रूपमा नष्ट भएका थिए। उक्त घटनाले हजारौँ स्थानीयलाई लामो समयसम्म कानुनी झन्झट र सम्पत्ति उपयोगमा समस्या पारेको थियो। द्वन्द्वकालीन आगजनीबाट चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकाभित्रका करिब २४ हजार हेक्टर क्षेत्रफलका अ...