वर्षा गराउने प्रणाली पूर्वतिर पुग्यो, केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरू भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । मौसमविद् विनोद पोखरेलका अनुसार कोशीका केही ठाउँमा अहिले भारी वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज रातिसम्म जारी रहने उनले बताए ।  आज पनि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी...