इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले टर्की र ओमानका केही क्षेत्रहरूमा गरिएका आक्रमणहरू इरानले नगरेको दाबी गरेका छन् । नौ पृष्ठ लामो सन्देशमा उनले इरान आफ्ना पूर्व छिमेकीहरुलाई निकै नजिकको मान्ने गरेको बताएका छन् । फारसी नयाँ वर्षको अवसरमा उनले जारी गरेको सन्देश सरकारी टेलिभिजनमा पढेर सुनाइएको थियो । भने उनले पाकिस्तानलाई आफ्ना पिता अली खामेनीको विशेष रूपमा मनपर्ने देश भनेर वर्णन गरे। पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध सुधार गर्न उनले आह्वान गरे । 'टर्की र ओमानका केही क्षेत्रहरूमा गरिएका आक्रमणहरू, जसस...