कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली प्रदेश सभाले हिमाली जिल्लामा नियमित हवाई उडान गर्न ६ बुँदे संकल्पपत्र पारित गरेको छ ।  प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको शुक्रबार बसेको छैटौँ बैठकबाट उक्त संकल्पपत्र पारित गरिएको हो ।  कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारेको छ बुँदे संकल्पपत्र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा प्रस्तुत गरे ।  उक्त संकल्पपत्रमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाइ, उर्मिला विश्वकर्मा ढिलो भएपनि राम्रो कामको...