‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– फागुन २१ को निर्वाचनमा भएको अप्रत्यासित हारबारे नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २७ बुँदे कारणसहितको समीक्षा प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेका छन् । परिमार्जनको प्रश्नमा दलहरू गम्भीर नबन्नु, देशले स्थिर सरकार नपाउनु, सरकार फेरिँदा पनि पुरानै प्रधानमन्त्री दोहोरिनु, नीति र थितिमा बेथिति कायम हुनु लगायतका कारणले जनता रिसाएको विश्वप्रकाशको निष्कर्ष छ । चु...