वैदिक यज्ञ र उपकरणको अनुसन्धान

‘कमलजी ! काठमाडौँतिर आउँदा पस्नुहोला है ।’ गोविन्द दाइ (प्रबन्ध निर्देशक, रत्न पुस्तकभण्डार)को फोन । गोविन्द दाइ चिरपरिचित, साह्रै असल मानिस । सबैको सहयोगी, उदारमना व्यक्तित्व । देशबाहिर हुँदा हामी हप्ताको एकपटक घण्टौँ कुरा गर्थ्यौँ म्यासेञ्जरमा । देशविदेशका कुरा हुन्थे, नेपाली साहित्य, संस्कृति तथा साहित्यिक व्यक्तित्व र कृतित्वबारे चर्चा हुन्थे । स्वदेशमा हुँदा झन् कुरै भएन । प्रत्येक दिन बिहान शुभबिहानी र शुभदिनका शब्दोपहार आदानप्रदाबाट मात्र दिन शुरू हुने गरेका छन् । उहाँले नै भनेपछि नजाने कुरै भएन । होला, पक्कै क...