रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध

७ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो […]