इरानमा अमेरिका र इजरायली आक्रमणको खतराको बाबजुद पनि ठूलो संख्यामा मानिसहरू ईद उल फित्र मनाउन मस्जिदहरूमा भेला भएका छन् । राज्य समाचार एजेन्सी फार्सका अनुसार, मानिसहरूले रमजानको अन्त्यको रूपमा ईदलाई स्वागत गरेका छन्। फार्सले जारी गरेको तस्वीरहरूले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मशहद शहरको मस्जितमा ठूलो भीड देखाएको छ। मस्जितलाई इरानको सबैभन्दा पवित्र स्थलहरूमध्ये एक मानिन्छ। यस वर्ष, ईद उल फित्र इरानी नयाँ वर्ष, नउरोजसँग मेल खान्छ, जुन इस्लामिक र फारसी क्यालेन्डरहरू बीचको दुर्लभ संयोग हो ।