रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्गमा अवरुद्ध, सवारीसाधन ‘होल्ड’

अविरल वर्षाका कारण काभ्रेको रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।  आज बिहान ३:३० बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिए । उनका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ ।  यद्यपि, स...