इरानसँग युद्धविराम नगर्ने ट्रम्पको अडान, भन्छन्- युद्ध भने चाँडै अन्त्य हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे फेरि एक पटक साहसिक दाबी गरेका छन्। 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै उनले इरानविरुद्धको युद्ध चाँडै समाप्त गर्ने विचार गरिरहेको बताएका हुन्। युद्ध अन्त्य गर्ने सन्दर्भमा ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, 'हामी इरानको आतंकवादी शासनविरुद्ध मध्यपूर्वमा हाम्रा प्रमुख सैन्य अपरेशनहरू बिस्तारै समाप्त गर्ने विचार गरिरहेका छौं, किनकि हामी हाम्रा लक्ष्यहरू प्राप्त गर्न धेरै नजिक छौं।' यद्यपि, उनले इरान युद्ध अन्त्य गर्ने सन्दर्भमा हर्मुज जलडमरूमध्यबारे अर्को महत्वपूर्ण कुरा उल्लेख...