ईदको अवसरमा बालेनको सन्देश- सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ईद उल फित्रका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्रै देश अघि बढ्ने बताएका हुन् ।  शाहले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। 'धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ,' उनले लेखेका छन्, 'एक–अर्काप्रति...