वर्षाले सिद्धार्थ राजमार्ग बन्द, दाउन्नेमा गाडी आवागमन असहज

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शनिबार बिहानैदेखि ठूलो वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न राजमार्गमा आवागमनमा समस्या भएको छ । ठूलो पानी परेर ढुंगा खस्दा सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्ड बन्द भएको छ । प्रहरी चौकी पाल्पा दोभानका असई मोहन खड्काले ठूलो पानी परेपछि ढुंगा खस्दा सडक बन्द भएको बताए । ‘पानी परिरहेको छ, ढुंगा खस्ने समस्याले गर्दा दुई घण्टा अघिदेखि सडक बन्द छ,’ खड्काले भने । यता पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि गाडी पानीले गर्दा ठूलो समस्या निम्त्याएको छ । शुक्रबारदेखि परेको पानीले ...