सन् २०१२–१३ सिजनपछि उपाधि जित्न नसकेको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा बर्नमाउथसँग २–२ गोलको बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडले खेलका क्रममा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा म्यान युनाइटेडले ६१औँ मिनेटमा अग्रता लियो । म्यान युनाइटेडका ब्रुनो फर्नान्डेसले पहिलो गोल गरे । उनले पेनाल्टी प्रहारको अवसरलाई सदूपयोग गर्दै गोल गरेका हुन् । तर, म्यान युनाइटेडको त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ६७औँ मिनेटमा ब...