आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीले निकट भविष्यमा नेपालसँग सीमित ओभरको क्रिकेट शृंखला खेल्ने भएको छ । क्रिकेट आयरल्यान्डले आफ्नो वार्षिक खेल तालिकामा पनि यो शृंखलालाई समावेश गरेको छ । शृंखला दुवै राष्ट्रका पुरुष क्रिकेट टोलीबीच खेलिने छ । क्रिकेट आयरल्यान्डका अध्यक्ष ब्रायन म्याकनिसका अनुसार नेपालसँग आयरल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई)सँग पनि सीमित ओभरको शृंखला खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट आयरल्यान्डबीच सीमित ओभरको शृंखला खेल्न वहुवर्षीय सम्झौता भएको पनि ब्रायनले जनाएका छन् । यसैबीच,...