गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा नेपाली राजनीतिमा एउटा सामान्य फेरबदल मात्र होइन, यसको शक्तिशाली र बहुआयामिक सन्देश छ। निर्वाचनमा देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घन्टी’ चुनाव चिह्नले सुनामी ल्यायो, जसले दशकौँदेखि जरा गाडेर बसेका पुराना राजनीतिक शक्तिहरूको जग नै हल्लाइदियो। रास्वपाका वरिष्ठ नेता बालेन शाहको बढ्दो क्रेज र परिवर्तनको लहर तराईका फाँटदेखि पहाडका कन्दरासम्म मतपेटिकामा पोखियो। घन्टीको रापतापले देशैभरि नयाँ उथलपुथल ल्याइरहँदा पूर्वको भूगोलमा दुई तन्नेरी भने त्यो ...