सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु : प्रकाश सपुत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकमार्फत संसद् छिर्ने बाटो तत्कालका लागि बन्द भएपछि कलाकार प्रकाश सपुतले अब आफू केबल इन्टरटेनर बन्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले बाल मष्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर बन्न चाहेको बताएका हुन् । 'म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु,' उनले भनेका छन्, 'म समाज र...