प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- मैले सिंहदरबार जलाएको हो कि होइन ?

जेनजी अभियन्ता रक्षा बमले गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन प्रतिवेदन चाँडो सार्वजनिक गर्न माग गरेकी छन् । उनले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा आफूले पनि थुप्रै प्रश्नको सामना गर्नुपरेको भन्दै चाँडो सार्वजनिक हुनुपर्ने माग गरेकी हुन् । ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु’, शनिबार सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै रक्षाले भनेकी...