डेढ दशकसम्म पनि बनेन कमला पुल, हरेक चुनावमा एजेन्डा बन्छ काम हुँदैन [फोटोफिचर]

मुलुकमा ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नगर्ने प्रवृत्ति पुरानै समस्या हो । अझ अचम्मको कुरा के छ भने चुनावका बेला यिनै अधुरा आयोजनालाई देखाएर मत माग्ने र जितेपछि बेवास्ता गर्ने चलन पनि दोहोरिँदै आएको छ । सिरहा र सप्तरी क्षेत्रमा यस्तै धेरै आयोजना वर्षौंदेखि अधुरै छन्, जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन् । तीमध्ये सबैभन्दा चर्चित र लामो समयदेखि अलपत्र परेको आयोजना कमला नदीमा निर्माणाधीन पुल हो, जुन सिरहा र धनुषाको सीमामा पर्छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुलको निर्माण शुरू भएको झण्डै डेढ दशक बितिस...