नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ आयोजना गर्न लागेको छ । तालिम चैत ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने तय भएको छ । तालिममार्फत देशमा आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थपिने अपेक्षा गरिएको अस्पतालले जनाएको छ । अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीका अनुसार तालिम विशेष गरी हेलिकप्टरमार्फत (...