‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरू भएको बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित बागमती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहोर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीसहित बागमती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्...