प्रधानमन्त्री कप क्रिकेट : पहिलो दिनका दुवै खेल प्रतिकूल मौसमको मारमा

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन शनिबारका दुवै खेल प्रतिकूल मौसमका कारण अनिर्णित रूपमा सकिएका छन् । जनकपुरमा कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुने कार्यक्रम थियो । तर, प्रतिकूल मौसमका कारण उक्त खेल शुरू नै हुन सकेन । यसैगरी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच पर्सामा खेल हुने कार्यक्रम थियो । उक्त खेलमा लुम्बिनी प्रदेशले टस जिती कर्णाली प्रदेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कर्णाली प्रदेशले सात ओभरमा कुनै पनि विकेट नगुमाइ २० रन बनाएको थियो । त्यसपछि प्रतिकूल मौसमका का...