दक्षिण कोरियामा अटो पार्ट्स कारखानामा आगलागी : १० जनाको मृत्यु, ५९ घाइते

दक्षिण कोरिया को डेइजोनमा रहेको एक अटो पार्ट्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब १ः१७ बजे आगलागी हुँदा कारखानाभित्र झण्डै १७० जना कामदार कार्यरत थिए । अचानक लागेको आगो तीव्र गतिमा फैलिँदा धेरै कामदारहरू भवनभित्रै फसेका थिए । अग्नि नियन्त्रण अधिकारीहरूका अनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघातको अवस्थामा फेला परेका थिए, जसलाई अस्पताल लैजाँदै गर्द...