पुराना दलमा नेतृत्व, विचार र संगठनको पुनर्गठन नभए सामूहिक मलामी जाने दिन आउँछ : पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् । पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे । चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे । ‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यह...