दुई समुदायबीच विवाद र झडपको अवस्था भएपछि कपिलवस्तुको महाराजञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । शनिबार बिहान बर्दगवामा इद पर्वको अवसरमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेलामा हिन्दू समुदायबाट ठूलो आवाजमा भजन लगाएको भन्दै विवाद भएको थियो । दुवै समूहबीच झडप हुँदा ५ जना प्रहरी र ३ जना गरी ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले अवस्थालाई नियन्त्रणबाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको बताए । ‘तोडफोड, विवाद र झडपको अवस्था आएपछि निषेधाज्ञा लगाइएको हो&rsqu...