एमाले देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि'सहितको गतिशील पार्टी बन्नुपर्छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि'सहितको गतिशील संस्था बन्नुपर्ने बताएका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले एमाले केवल राजनीतिक शक्ति मात्र नभएर एउटा गतिशील संस्था बन्नुपर्ने बताएका हुन् । 'अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि' सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,' उनले भनेका छन् । एमाले बच...