इरानविरुद्धको सैन्य अभियान घटाउने तयारीमा अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान क्रमशः घटाउँदै लैजाने विषयमा विचार भइरहेको बताएका छन् । शनिबार इरान र इजरायलबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा इरानी सञ्चारमाध्यमहरूले नतांजस्थित परमाणु समृद्धिकरण केन्द्रमा आक्रमण भएको जनाएका छन् । यही बेला ट्रम्पले सामाजिक सञ्जालमार्फत एक टिप्पणी जारी गर्दै अमेरिका आफ्ना लक्ष्य नजिक पुगेको दाबी गरेका छन् । उनले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरु मार्गको सुरक्षा अब अन्य देशहरूले जिम्मा लिनुपर्ने उनको भनाइ छ । उक्त जलमार्ग लगभग बन्...