कन्नड फिल्म 'केडी: द डेविल' को चर्चित गीत 'सरके चुनर तेरी' विवादमा परेपछि भारत सरकारले यसलाई सबै डिजिटल प्लेटफर्मबाट हटाउँदै प्रतिबन्ध लगाएको छ। अभिनेत्री नोरा फतेही र अभिनेता संजय दत्त अभिनित यस गीतमा प्रयोग गरिएका 'अश्लील' शब्दहरूका कारण सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो। यो विवाद बढेसँगै भारतको राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानुनी नोटिस पठाएको छ भने राष्ट्रिय महिला आयोगले फिल्मका कलाकार र निर्मातालाई उपस्थित हुन निर्देशन दिएको छ। अलीगढको एक मुस्लिम ...