इरानसँग हिन्द महासागरमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य आधार शिविर 'डिएगो गार्सिया' सम्म पुग्न सक्ने क्षमताको क्षेप्यास्त्र छ कि छैन भन्ने विषयमा अझै पनि सैन्य विज्ञहरू र विश्लेषकहरूका बीच अन्योल देखिएको छ। बेलायती सैन्य आधार शिविर डिएगो गार्सिया जुन अमेरिकी वायुसेनाले आफ्ना लामो दुरीका बमवर्षक विमानहरूका लागि प्रयोग गर्दै आएको छ । यो इरानबाट करिब ३,८०० किलोमिटरको दुरीमा अवस्थित छ। अहिलेसम्मको जानकारी अनुसार इरानसँग २,००० किलोमिटरको दायरा सम्म प्रहार गर्न सक्ने मध्यम दुरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू रहेको ...