अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने पहल : बन्दीपुरमा बीउ पुँजी वितरण

 बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरेको छ । समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी प्रदान गरिएको हो । गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेलले पालिकाका छवटै वडाबाट एक/एक जना गरी छ जना लाभग्राहीलाई प्रतिव्यक्ति नगद रु १० हजारका दरले बीउ पुँजी प्रदान गरिएको जानकारी दिइन् । बीउ पुँजी प्राप्त गर्ने लाभग्राहीहरूमा बन्दीपुर गाउँपालिका–१ का अभिषेक खड्क...