युद्धले मध्यपूर्वको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै चैत ७ गतेका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द गरिएको जानकारी दिएको हो। विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन्। विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट काठमाडौं आउने उडानहर...