७ चैत, काठमाडौं । एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको पुरुष २६ केजीमुनि प्रिन्सले बाल विकास जुडो डोजोका आनाश महतरा तथा ३५ केजीमुनि आदित्यले एमएमएसीका सुवास विकलाई फाइनलमा पराजित गरे । […]