इरानमा चर्किएको युद्ध र खामेनेईको मृत्यु, के किम जोङ उन डराएका छन् ?

अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्ध र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युपछि विश्वको ध्यान उत्तर कोरियाली शासक किम जोङ उनतर्फ मोडिएको छ।  इरानसँग दशकौँ लामो सैन्य र मिसाइल साझेदारी रहेको उत्तर कोरियाले यस हमलाको कडा निन्दा गरेको छ। तर, इरानमा भएको क्षतिले किम जोङ उनलाई त्रसित बनाएको छ कि उनको आत्मविश्वास झन् बढाएको छ ? यो अहिले चर्चाको विषय बनेको छ। बीबीसी हिन्दीको एक रिपोर्टअनुसार सन् २००३ मा इराक युद्धका बेला उत्तर कोरियाका तत्कालीन नेता किम जोङ इल (वर्तमान शासकका पिता) ५० दिनसम्म बं...