दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा चर्को जाम

 पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन । लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । शुक्रबार दिउँसोदेखि परेको वर्षाले दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा बढी समस्या देखिएको छ । दाउन्ने खण्डमा सवारी...