नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिएकी छन् । शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताइन् । “छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्यो भने मुलुकमा अस्थिरता आउँदैन, मुलुक बचाउनका लागि अस्थिरता समाप्त पार्नुपर्छ, अरु मुलुकसँग पनि समान व्यवहार गर्नुपर्छ, कसैको पक्ष र कसैको विपक्षमा हामी लाग्नुहुँदैन,” उनले भनिन् । नेपा...