स्ट्रेट अफ हर्मुजमा तनावबीच जापानलाई सहयोग गर्न इरान तयार

जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्यपूर्वबाट कच्चा तेल आयातमा निर्भर छ, जसमध्ये अधिकांश खाडीमा अवस्थित स्ट्रेट अफ हर्मुज पार गरेर आपूर्ति हुन्छ । अमेरिका–इजरायल आक्रमणपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको बताइए पनि अराघचीले उक्त दाबी अस्वीकार गरेका छन् । उनका अनुसार यो मार्ग इरानमाथि आक्रमण गर्ने देशका जहाजका लागि मात्र अवरुद्ध गरिएको हो । क्योदो न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले भने, “हामीले यो स्ट्रेट...