इरानी विदेशमन्त्रीले किन गरे ३ हजार वर्ष पुरानो सभ्यताको स्मरण ?

इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिका र इजरायलसँगको जारी तनावका बीच इरानको ३ हजार वर्ष पुरानो गौरवशाली इतिहासको स्मरण गरेका छन् । उनले आफूहरूले फेरि इतिहासको नयाँ अध्याय लेखिरहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मार्फत नौरोज (इरानी नयाँ वर्ष) र इद-उल-फितरको शुभकामना दिँदै अरागचीले इरानमाथि भइरहेका आक्रमणहरूको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, "मेरा मानिसहरूले अनियन्त्रित आक्रमणहरू झेलिरहेका छन्, यस्तो समयमा म इद र नौरोज मनाउने सबैलाई शुभकामना दिन चाहन्छु।" उनले इ...