पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पामा शनिवार भएको टिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भीर घाइते भएका छन्।  साँझ स्थानीय झडेवाबाट रहवास चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी हाेम बहादुर चौधरीले जानकारी दिए ।  मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ का चिन्ता बहादुर सुनार रहेका छन्। उनी चालक हुन् । अन्य २ जनाको सनाखत हुन बाँकी छ ।  यसैगरी घाइते पाल्पा तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षी...