मध्यपूर्वमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले गरेको आक्रमणका कारण युद्धको सुरुवाती दुई हप्तामै अमेरिकालाई करिब ८०० मिलियन डलर (७५ अर्ब २० करोड बढी) को भौतिक क्षति भएको छ। सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको प्रतिवेदन र बीबीसीको विश्लेषणले यस्तो तथ्य सार्वजनिक गरेको हो। इरानको जवाफी हमलामा जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार र साउदी अरबमा रहेका अमेरिकी एयर डिफेन्स र स्याटेलाइट सञ्चार प्रणालीलाई मुख्य निशाना बनाइएको छ। प्रतिवेदनका अनुसार सबैभन्दा ठूलो क्षति जोर्डनको एक एयर बेसमा भएको छ । जहा...