लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन् । सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी नजिक खाजा खान लागेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । यस्तै, इलाका प्...