काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको श्रृङ्खलामा नेपाल सबै खेलमा पराजित भएको छ । अन्तिम खेलमा हिजो नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो । श्रृङ्खलामा नेपालले अमेरिका र यूएईसँगका समान दुई वटा खेल गुमाएको थियो । नेपाल पहिलो खेलमा यूएईसँग खेलमा ५ विकेटले पराजित भएको थियो । यस्तै अमेरिकासँग पहिलो खे...