दाङको त्रिभुवननगर जेसीजकी पूर्वअध्यक्ष तथा वर्ष १९९२ की शाखा अध्यक्ष जेसी माया शर्मा लोहनीले ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना गर्न पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छिन् । दाङ जिल्लालाई कार्यक्षेत्र बनाई महिला अधिकार, शिक्षा, कृषि, स्वास्थ्य, सञ्चार तथा समाज रूपान्तरणका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका महिलालाई अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) का दिन सम्मानित गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो । त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंक रावत (अन...