नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिङ्गो पार्टी एक भएर जाने बताएका छन् । अखिल नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले पार्टी र नेतृत्वप्रति प्रहार भएको अवस्थामा एकताबद्ध भएर जानुको विकल्प नभएको बताए । 'हाम्रो पार्टीले प्रतिस्पर्धामा निषेध गर्दैन । म प्रतिस्पर्धा गर्छु भन्नेका लागि पार्टीले सधैँ ढोका खुला राखेको छ,' महासचिव पोखरेलले भने, 'हामी एकतामा जोड दिन्छौँ । प्रतिस्पर्धा गर्न आउनेलाई ढोका खुला राख्छौँ ...