काठमाण्डौ – नेपाल पुलिस क्लबले माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ । पुलिसले हिजो उज्बेकिस्तानको टोलीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट ३०–२८ ले जितेको पुलिसले दोस्रो सेट २५–२१ ले गुमाएको थियो । त्यसपछिका दुई सेट पुलिसले २५–२१ र २५–२३ ले जित्न सफल भयो ।