कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।            महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।&...