इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

 इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी इजरायली शहर अरादमा भएको इरानी आक्रमणपछि देशको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। अराद शहरका लागि निकै कठिन साँझ भएको भन्दै प्रधानमन्त्री नेतन्याहूले त्यहाँका मेयरसँग कुराकानी गरेका छन्। इजरायली आपतकालीन सेवाका अनुसार इरानी आक्रमणपछि अरादका कम्तीमा ८८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। सामाजिक सञ्जाल 'एक्स' मार्फत सन्देश दिँदै नेतन्याहूले अहिले घटनास्थलमा खटिएका आपतकालीन र उद्धार टोलीहरूलाई थप बलियो बनाउने जानकारी दिएका छ...