इजरायली अधिकारीहरूले शनिबार इरानी सेनाले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको बताएका छन् । यसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ । यसैबीच, इरानको एक आक्रमणमा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौं मानिस घाइते भएका छन् । इजरायली सैन्य प्रमुख एयाल जामिरका अनुसार इरानले हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डा डिएगो गार्सियातर्फ ४ हजार किलोमिटर दूरीसम्म पुग्ने दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता यो पहिलोपट...