गम्भीर मोडमा इरानसँगको युद्ध : ट्रम्पको विरोधाभासी रणनीति र सैन्य तयारीले अन्योल बढायो

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको संयुक्त युद्ध तीन हप्ता पुग्दा युद्धको दिशा र भविष्यलाई लिएर अन्योल बढेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सार्वजनिक अभिव्यक्ति र भुइँतहको वास्तविक स्थितिबीच ठूलो अन्तर देखिएपछि सैन्य रणनीतिकार र विश्लेषकहरू चिन्तित देखिएको बीबीसीले खबर छापेको छ ।  राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध लगभग समाप्त हुनुका साथै इरानी सैन्य शक्ति समेत ध्वस्त भएको दाबी गरिरहेपनि अमेरिकाले मध्यपूर्वमा थप स्थल सेना र नौसैनिक टोलीहरू पठाइरहेको समाचारमा उल्लेख छ ।  ट्रम्पले आ...